काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा बेपत्ता भएका आठै जनाको पहिचान भएको छ ।
पहिरोमा पुरिएका ८ मध्ये एक जनाको जीवितै उद्धार गरिएको थियो । जीवितै उद्धार गरिएका बारू साह भारतीय नागरिक हुन् ।
प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका ८ जना कामदार बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा पर्सास्थित वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानवबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी छन् ।
बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जुटिरहेका छन् ।