भौतिक दूरी बिनाको जनै पूर्णिमा…

काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरूको विशेष चाड जनैपूर्णिमा । विभिन्न मठमन्दिरमा विहानैबाट भक्तजनहरूको भीड छ ।
विभिन्न मन्दिरहरूमा कोही जनै फेरेर नयाँ जनै लगाइरहेका भेटिन्छन् भने कोही हातमा रक्षाधागो बाधिरहेका छन् ।
कोरोना त्रास भए पनि बिहानैबाट देशभरका मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । त्यस्तै भीड बिहानै राजधानीको मैतिदेवी मन्दिरमा देख्न सकिन्थ्यो । बिहानैबाट लागेको भीड प्रहरी आएपछि अलि कम भएको थियो ।
प्रहरीले सामाजिक दूरी कायम गर्दै माक्स प्रयोग गर्न माइकिङ गरेपछि भीड केही कम भएको थियो ।
तस्विर कथाः