भारतमा २४ घन्टामै करिब ५३ हजार संक्रमित, ३८ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । सोमबार मध्यान्नसम्म भारतमा कोरोना संक्रमितको संख्या १८ लाख नाघेको छ । त्यहाँको स्वास्थ्य तथा समाज कल्याण मन्त्रालयका अनुसार गएको २४ घण्टामा भारतका ५२ हजार नौ सय ७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

योसँगै भारतमा कुल सङ्क्रमितको संख्या १८ लाख तीन हजार ६ सय ९६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोनाका कारण सात सय ७१ जनाको मृत्यु भएको छ । कूल मृतकको सङ्ख्या ३८ हजार एक लाख ३५ जना पुगेको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये ११ लाख ८६ हजार दुई सय तीन व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ७९ हजार तीन सय ५७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भ्रमावित राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार आठ सय ४३ जना सङ्क्रमित अवस्थामा नै रहेका छन् । १५ हजार पाँच सय ७६ व्यक्तिको मृत्यु भइसकेको छ । महाराष्ट्र कुल चार लाख ४१ हजार दुई सय २८ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो ।

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार नौ सय ६२ सङ्क्रमित अवस्थामा रहेका छन् । चार हजार एक सय ३२ जनाको मृत्यु भएको छ ।

राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा १० हजार तीन सय ५६ जना सङ्क्रमित अवस्थामा रहेका र चार हजार ४० जनाको मृत्यु भइसेकेको छ । दिल्लीमा एक लाख २३ हजार तीन सय १७ व्यक्ति कोरोना मुक्त भएका छन् ।