कोरोनाविरुद्धको प्रभावकारी खोप नबन्न पनि सक्छ : डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाविरुद्धको प्रभावकारी खोप कहिल्यै बन्न नसक्ने सम्भावना रहेको बताएको छ । खोप चाँडै उपलब्ध हुने आश रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना रहेको डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले कुनै पनि सिल्भर बुलेट छैन र कहिल्यै नहुन पनि सक्छ।’ उनले सामाजिक दूरी कायम गर्दै हातको सफाइ तथा मास्क प्रयोग गर्नेमा सधै ध्यान दिन आग्रह गरेका छन् ।

जेनेभामा भएको पत्रकार सम्मेलनमा उनले केही खोपहरू अहिले तेस्रो चरणको मानवीय परीक्षणको चरणमा रहेको बताए । तिखोपले मानिसलाई संक्रमणबाट जोगाउनेमा केही सहयोग पुर्याउनले उनको भनाई छ ।

यस्तै कोरोना भाइरसको उत्पत्ति वा संक्रमणको सुरुवात कहाँबाट भएको हो भन्नेबारे चीनमा डब्लुएचओको अगुवाइमा भएको अनुसन्धानको पहिलो चरण सकिएको पनि उनले जानकारी दिएका छन् ।