वीरबहादुर राई सचिवमा बढुवा

काठमाडौं । वरिष्ठ सहसचिव वीरबहादुर राईलाई सोमबार बसेको मन्त्रिषरिषद् बैठकले विशिष्ट श्रेणी सचिव पदमा बढुवा गरेको छ ।

सोमबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

वि. सं. २०७४ मा उत्कृष्ट निजामती पुरस्कारले सम्मानित भएका सहसचिव राई कार्यकुशलताको हिसाबले अब्बल मानिँदै आएका छन् । राई हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन् ।

बढुवा सिफारिस समितिले गत साउन १६ गते वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र वीरबहादुर राई गरी तीनजना सहसचिवको नाम सचिवमा बढुवाको लागि सिफारिस गरेको थियो ।