के आज लकडाउन हो ? प्रधानमन्त्रीले जनस्वास्थ्यविद्सँग छलफल गर्दै

काठमाडौं । कोरोना भाइरस संक्रमित बढ्दै गएपछि सरकारले पुन: लकडाउन गर्न परामर्श थालेको छ ।

विज्ञहरूले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह स्थिति आउने चेतावनी दिएपछि सरकारले लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा परामर्श अघि बढाएको हो ।

उपत्यका सहित पर्सा मोरङमा लक्षणसहितका संक्रमित बढ्न थालेपछि प्रधानमन्त्री केपी ओलीले मंगलबार २० जनाभन्दा बढी जनस्वास्थ्यविद्लाई लकडाउनका विषयमा छलफल गर्न बालुवाटार बोलाएका छन् ।

यसअघि पनि लकडाउन खुकुलो गर्नुअघि २५ जना विज्ञहरूको सल्लाह प्रधानमन्त्रीले लिएका थिए। नेपालमा चैत १० गते लकडाउन गरिएकोमा साउन ७ गते हटाएको थियो ।