देशका यी स्थानमा छ वर्षाको सम्भावना

काठमाडौं । आज देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ ।

मंगलबार दिउँसो देशभर आंशिक बादली रहेता पनि अपरान्हपछि सामान्य बदली रही प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशको केही स्थानमा तथा बाँकी प्रदेशका थेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति देशभर सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, प्रदेश-५ र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का र मध्यम वर्षा हुनसक्ने सभ्भावना छ ।