गार्ड बसेका युवाले आफैमाथि लगाए आगो

काठमाडौं । रुपन्देहीको देवदहमा रहेको क्वारेन्टाइनमा सुरक्षा गार्ड बसेका एक युवाले आफैमाथि आगो लगाएका छन् ।

देवदह- ७ शित्तलनगर स्थित क्वारेन्टाइनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन् ।

आत्महत्या प्रयास गरेका उनको अवस्था गम्भीर छ । उनले राति ३ बजेतिर आत्मदाह प्रयास गरेको बताइएको छ ।

बस्यालको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । उनले किन आफ्नै शरीरमा आगो लगाएका हुन् भन्ने खुल्न सकेको छैन।

प्रहरीले घटनाको बारेमा अनुसन्धान थालेको छ ।