बलिउडमा डेब्यू गर्दै श्वेताकी छोरी पलक

श्वेता तिवारकी छोरी पलक तिवारी केही समयमै बलिउडमा डेब्यू गर्ने तयारीमा छिन । हालै उनले आफ्नो डेब्यू फिल् ‘रोजी द सैफ्राँन च्याप्टर’को पोस्टर पनि सामाजिक सञ्जालमा सार्वजनिक गरिसकेकी छिन ।

पलक निकै स्टाइलिश छिन । उनी प्राय फरक फरक स्टाइलका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गर्छिन । पलकको तस्बिर हेरेरै उनको फ्यान हुनेको सूची लामै छ ।

उनी कहिले रातो रंगको लेहंगामा सजिएर प्रस्तुत हुन्छिन भने उनी मेकअपको मामलामा पनि निकै सचेत देखिन्छिन । बलिउडमा डेब्यू अघि उनी आफ्नो प्रख्यातीलाई फैलाउन निकै सचेत भएको अनुमान भारतीय मिडियाले गरेका छन ।