प्रधानमन्त्री निवाशका ६० सहित १३८ कर्मचारीको करोना परीक्षणका लागि स्वाब संकलन

देशभर संक्रमितको संख्या २१ हजार, निको हुने १५ हजार बढी

काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि त्रास फैलिएको छ । मंगलबार मात्रै ठमाडौं उपत्यकामा थप ६२ जना कोरोना संक्रमित देखिएपछि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ ।

महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको कोरोना रीक्षणका लागि स्वाब संकलन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारका ६०, अख्तियारका ६० र परराष्ट्र मन्त्रालयका १८ जनाको स्वाब संकलन गरिएको छ ।

महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलका अनुसार बालुवाटारमा सुरक्षाकर्मी र कर्मचारी, अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्याक्ट टे«सिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो ।

मंगलबार काठमाडौंका ४८ जना, ललितपुरका १ जना र भक्तपुरका १३ जना गरी ६२ जनामा संक्रमण देखिएको छ । सँगै अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७२७ पुगेको छ । जसमा काठमाडौंमा ५४१ जना, ललितपुरमा १०९ जना र भक्तपुरमा ७७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर दुई सय ५९ नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २१ हजार नौ पुगेको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ भने निको हुनेको संख्या १५ हजार २६ छ ।