इटहरी उपमहानगरमा ५ दिनसम्म लकडाउन

काठमाडौं । इटहरी उपमहानगरपालिकामा आजदेखि पाँच दिनसम्मका लागि लकडाउन गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि महानगरले पाँच दिनसम्मका लागि लकडाउन गरेको हो ।

केही दिनअघि उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि इटहरीमा थप शंकास्पद व्यक्तिहरूको स्वाब संकलन गरिएकोमा तीमध्ये मंगलबार थप चार जनामा संक्रमिण पुष्टि भएको छ ।

जनप्रतिनिधि, सरोकारवाला निकाय, प्रहरी-प्रशासनसहितको बैठकले २५ साउनसम्म लकडाउन गरी दूध बोक्ने गाडी र औषधि पसलबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको उपमहानगरले जनाएको छ ।