इन्स्टाग्राममा मोदी फस्ट

नयाँ दिल्ली । तस्वीर तथा भिडियोका सेयर गर्न प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुकको भगिनी संस्था इन्स्टाग्राममा राजनीतिक नेताहरुमध्ये सवै भन्दा धेरै ‘‘फलोअर्स’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका छन् ।
इन्स्टाग्राममा मोदीको १ लाख ४८ हजार ‘फलोअर्स’ रहेको पाइएको हो । संसार भरका नेताहरुको इन्स्टाग्राम मध्ये यो नै सवैभन्दा धेरै ‘फलोअर्स’ भएको देखिएको एक अध्ययनले जनाएको छ ।

मोदीपछि दोस्रो धेरै फलोअर्स हुनेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो छन् । तेस्रोमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रहेको ‘इन्डीया टुडे’ ले लेखेको छ ।

पोप फ्रान्सिस, जोर्डनकी रानी रानीया र बेलायतको शाही परिवार पनि विश्वका धेरै फलोअर्स भएका राजनीतिक व्यक्तिमा परेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी इन्स्टाग्राममा अत्यधिक प्रभावशाली पनि देखिएको अध्ययनले जनाएको छ । उनको एउटा फोटोमा १४ लाख लाइक आएको पाइएको छ ।