क्वारेन्टाइनमा रेडक्रस धनगढीको अभिमुखिकरण

धनगढी । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित एक क्वारेन्टाइनमा खानेपानी, सरसफाइ तथा फोहरमैला व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । कनरीमा संचालित आइसोलेसनमा रेडक्रस धनगढीले मंगलबार अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरूले सहजीकरण गरेको सो कार्यक्रममा कैलाली रेडक्रसका सभापति उत्तम जोशी , उपकोषाध्यक्ष गोबिन्दप्रसाद जोशी, कार्य समिति सदस्य खेमराज जोशी र फोकल पर्सन अशोक सिंहलगायत आइसोलेसनमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

उक्त सेन्टरमा बसिरहेका १२ जनालाई हाइजिन किटसमेत वितरण गरिएको रेडक्रस कैलालीका अध्यक्ष जोशीले बताए ।

यसअघि उक्त सेन्टरमा विरामी बेड, सेनिटाइजर मेसिन, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्रीहरू प्रदान गरि सकिएको फोकल पर्सन सिंहले बताएका छन् ।

कैलाली रेडक्रसले जर्मन राजदुतावाससँगको सहयोगमा धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा कोभिड १९ प्रतिकार्य कार्यक्रम सञ्चालन गरिरहेको छ ।