प्रेमीकै अगाडि जब एक किशोरी बलात्कृत भइन…

साउन । दाङको देउखुरीमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ ।

पीडित युवती आफ्नो प्रेमीसँग गत साउन १६ गते दिउँसो घर नजिकको सामुदायिक जङ्गल नजिकैको खोलामा नुहाउन गएकी थिइन् । सोही बेला चार जनाको समूहमा आएका युवाहरूले युवतीका प्रेमीलाई कुटपिट गरी बलात्कार गरेको पीडित युवतीको भनाइ छ ।

युवतीमाथि बलात्कार भएको केही समयमै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका– ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षीया युवतीलाई राप्ती गाउँपालिका–४ का अन्दाजी २५ वर्षका अर्जुन विक, सोही वडाका २७ वर्षका प्रकाश नेपाली, २३ वर्षका इसब जिसी र १९ वर्षका भुपाल थापामगरले बलात्कार गरेको पीडित युवतीले प्रहरी समक्ष बताएकी छन् ।

बलात्कार अभियोग लागेका चार जनामध्ये २ जनालाई भालुवाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इसब जिसी र भुपाल थापा मगर रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गंगाबहादुर सारु मगरले जानकारी दिए । अन्य फरार दुई जनाको खोजी भइरहेको उनले बताएका छन् ।

युवतीले प्रहरी समक्ष दिएको बयानअनुसार त्यो दिन महिनावारी भएकोले जङ्गलमा रहेको बगिया खोलामा नुहाउन गएकी थिइन् ।

ती चार जनाको युवा समूहले कसैलाई भने ज्यान मार्ने समेत धम्की दिएको पीडित युवतीले बताएकी छन् ।