चीनमा फेरि संक्रमण बढ्दो, एकै दिन थपिए २७ संक्रमित

बेइजिङ । चीनमा फेरी कोरोना भाइरस संक्रमित फेला पर्नथालेका छन् । मंगलबार मात्र चिनमा थप २७ संक्रमित भेटिए ।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार संक्रमितमध्ये ५ संक्रमित अन्य देशबाट आएका नागरिक हुन् । अन्य २२ जना सिन्जियाङ प्रान्तका रहेका चिनियाँ सञ्चारमाध्यममा उल्लेख छ ।

यससँगै चीनमा मंगलबारसम्म ८४ हजार ४९१ संक्रमितमध्ये ७९ हजार ४७ जना डिस्चार्ज भइसकेका छन् । त्यस्तै ४ हजार ६३४ ले भने ज्यान गुमाएका छन् ।