बेरुत । लेबनानको राजधानी बेरुतमामा मंगलबार साँझ अकल्पनिय घटना घट्यो । बेरुतमामा भएको भयानक बम बिष्फोटले पुरा शहर नै तहसनहस बनाएको छ ।
विष्फोटमा परी ७० जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै चार हजार मानिस घाइते भएका अन्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।
लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक दिवसको घोषणा गरेका छन् । ठूलोमात्रामा विस्फोटक सामग्री राखिएको एक गोदाममा विष्फोट भएको बताइएको छ ।
लेबनानका राष्ट्रपति माइकल इयोनले ट्विट गर्दै २७ सय ५० टन विस्फोटक नाइट्रेट असुरक्षित तरिकाले ‘स्टोर’ गरेर राखिनु अस्वीकार्य भएको बताएका छन् ।
यो बिष्फोटले करिव १० किलोमिटरको क्षेत्र सखाप बनाएको छ ।
लेबनानका प्रधानमन्त्री हसन दिएबका अनुसार यो बिष्फोटको कारण २७५० टन अमानियम नाइट्रेट हो ।