गजल

० सुधा शाह

महंगीले नेटो काट्यो, बुढी सुनको हार नखोज
छुदाँ सर्ने रोग आकोछ, चुम्बनको प्यार नखोज

दिनको सूर्य, रातमा तारा देखिन्छन मेरो झुपडीबाट
बस्नलाई भब्य महल, अनि घुम्न कार नखोज

राम्रो लाउन, मिठो खुवाउन, नसकुला सधैंभरी
दिनसक्छु चोखो माया, तर रंगिन संसार नखोज

बोल्छेउ सँधै झर्किएर, मिठो बोल्ने कहिले तिमी
बचनले मुटु रेटिसक्यौं, भयो तरबार नखोज

लंका पुग्यो तिम्रो शंका, दिनहुँको किचकिचले
अति भयो अब त, साच्ची भन्छु मार नखोज

व्यबहार नै नमिल्ने भो, के चल्ला र जिन्दगानी
टुट्यो त सकियो सम्बन्ध, जोड्ने अब तार नखोज

(रुकुमकोट, हाल नेपालगन्ज)