टुँडिखेलमा रग्बी विश्वकप ट्रफी

काठमाडौैं । ‘वल्र्ड रग्बी ट्रफी टुर’ अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी आज टुँडिखेलमा सार्वजनिक गरिएको छ ।
नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरे । उक्त विश्वकप ट्रफी यही मङ्सिर १९ गते बेलायत हुँदै नेपाल ल्याइएको थियो ।

मङ्सिर २० गते उक्त ट्रफीलाई सगरमाथा आधार शिविरमा लगिएको थियो । मङ्सिर २१ गते विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र पाटन दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो । सन् २०१२ देखि नेपालमा पनि रग्बी खेलको औपचारिक शुरुआत भएको सङ्घले जनाएको छ ।
सङ्घ स्थापना भएलगत्तै नेपालले रग्बीको अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा सहभागिता जनाउँदै आएको अध्यक्ष टङ्कलाल घिसिङले बताए । विश्वमा नेपाललाई चिनाउन र पर्यटनको प्रवद्र्धनका लागि उक्त ट्रफी नेपालमा ल्याइएको सङ्घले जनाएको छ ।