टप १२ मै रोकियो श्रृखला खतिवडाको विश्व सुन्दरी यात्रा

काठमाडौं । नेपाली चेली श्रृखला खतिवडा विश्व सुन्दरी प्रतियोगिताको शीर्ष १२ बाट बाहिरिएकी छन् । एसिया एण्ड ओसियानाबाट उनी टप १२ मा पुगेकी थिइन् । उनीसँगै थाइल्याण्डकी निकोलेन र न्यूजिल्याण्डकी जेसिका टाइसन टप १२ मा पुगेकी थिइन् ।

पाँच महादेशबाट यसपटक शीर्ष १२ छानिएका थिए । हरेक महादेशको विजेता घोषित गर्दै शीर्ष ५ छनोट गर्ने क्रममा एसिया एण्ड ओसियानाबाट जेसिका र श्रृखलालाई उछिन्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।
यसअघि सन २०१३ मा इशानी श्रेष्ठ मिस वर्ल्डको टप सातसम्म पुगेकी थिइन ।