वराङ्गनामाथि हटौंडामा बहस

हेटौंटा । एक सयमकी चर्चित अभिनेत्री तथा उपन्यासकार सोबिता सिम्खडाको उपन्यास वराङ्गनामाथि हेटौंडामा छलफल गरिएको छ । पुस्तक साक्षात्कार कार्यक्रममा मकवानपुरका साहित्यकर्मी र लेखिका सिम्खडाको उपस्थिति थियो ।

कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, निवर्तमान अध्यक्ष सुबास खनाल, साहित्यकार सबिता तिमल्सिना र शान्तिप्रिया बन्दनाले उपन्यास वराङ्गनाबारे बोलेका थिए । उनीहरुले पुस्तकको सफलताको कामना दिएका थिए ।

साहित्यकार सिम्खडाले पहिलो प्रयासमै सबै साहित्यकार, पाठक र सुभचिन्तकको हौसला मिलेको बताइन् । कार्यक्रममा साहित्यकार ह्याग्रीव आचार्य , देवराज खरेल, गीतकार तुलसी घिमिरे, अग्निहोत्रा आश्रमका सचिव बिनोद अर्याल , साहित्यकार आरसी रिजाललगायतको सहभागीता रहेको थियो । पुस्तक केही समयअघि बुलबुल पब्लिकेसनले बजारमा ल्याएको हो । छोटो समयमै उपन्यासले चर्चा पाएको छ ।