आठौँ अन्तरविद्यालय एथ्लेटिक्सको पहिलो स्थानमा बाल्मिकी शिक्षा सदन

चितवन । चितवनमा आठौँ अन्तर विद्यालय एथ्लेटिक्स मिट २०७५ सम्पन्न भएको छ । स्मल हेभन स्कूल, कल्याणपूरको आयोजनामा एथ्लेटिक्स मिट २०७५ सम्पन्न भएको हो ।

महानगरपालिकाका मेयर रेणु दाहालले मंसिर २० मा उद्घाटन गरेको प्रतियोगिता तीन दिन सम्म चलेको थियो । प्रतियोगितामा बाल्मिकी शिक्षा सदन प्रथम स्थान हासिल गर्न सफल भएको छ । बाल्मिकिले प्रतियोगिताभर ९ वटा स्वर्ण, ६ रजत र ५ कास्य गरि कुल २० पदम हात पार्यो ।

दास्रो हुने स्मल हेभन स्कुलले ८ स्वर्ण, ६ रजत र ५ कास्य पदक जित्न सफल भएको छ भने तेस्रो हुने प्याराडाईज इङलिस स्कुलले ४ स्वर्ण, २ रजत र २ कास्य गरि ८ पदक जितेको छ । चौथो स्थान हाँसिल गर्ने मिलन बोर्डिङ स्कुलले १ स्वर्ण, ३ रजत र १ कास्य गरि कुल ५ पदक जित्न सफल भएको छ ।

उत्कृष्ट अनुशाषित विद्यालयमा मिलन अंग्रेजी बोर्डिङ स्कुल, उत्कृष्ट कबड्डि प्लेयर र उत्कृष्ट एथलेटिक्स छात्रातर्फ प्याराडाइज इङलिस स्कुलका छात्रा रश्मि अधिकारी र सजिना लामिछानेले क्रमश जितेका छन् । उत्कृष्ट एथ्लेटिक्स छात्र तर्फ बाल्मिकी शिक्षा सदनका विनय ओझा परेका छन् ।