दार्चुलाको व्यास गाउँपालिकाको सुनसेरा खाद्य डिपोमा खच्चडमार्फत चामल र गहुँ ढुवानी हुँदै । सडक नहुँदा अहिले यस क्षेत्रमा खच्चडमार्फत खाद्य सामाग्री ढुवानी भइरहेको हो ।
खाद्य संस्थान अञ्चल कार्यालय धनगढीद्वारा यस आर्थिक वर्षमा सुनेसरा डिपोको लागि दुई हजार क्वीन्टल खाद्यान्न छुट्याइएको छ । जसमा अहिले सम्म चार सय ८० क्वीन्टल चामल र दुई सय २० क्वीन्टल गहुँ ढुवानी गरिएको छ ।
मसिनो चामल महँगो भएको कारण गाउँमा कम बिक्री हुने गरेको ठेकेदारले बताएका छन् ।
तस्वीर : रासस