गजल

० सुधा शाह

पोखिएला नि यौवन छल्किएर फेरि
भिजे नभन्नु पसिना खल्किएर फेरि

सम्हालेर राख्नु है बासना यौवनको
सताउला क्या भमरा पल्किएर फेरि

मुकुराउँदै बोल्नु हाँस्नु लजाइकन
भाग्ला नि प्यारो मान्छे ‘जल्किएर’ फेरि

कुरा काट्ने बाटो नहोस् नि गाउँमा
मायाको त्यो उपहार टल्किएर फेरि

मुटु भित्र सजाएर राख है मलाई
जलाउला अन्त आगो सल्किएर फेरि

गाह्रो होला नि भुल्न यो सुधालाई
नयन भरी तस्बिर झल्किएर फेरि

(रुकुमकोट, हाल नेपालगञ्ज)