इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो । बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता शेयर पूँजी १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रहेको छ ।

उक्त चुक्ता शेयर पूँजीको १८ प्रतिशतले हुने एक अर्ब ९१ करोड ६२ लाख सात हजार ८२० शेयर लाभांश शेयरधनीलाई वितरण गर्न लागिएको हो ।

त्यस्तै चुक्ता पूँजीको २२ प्रतिशत अर्थात् दुई अर्ब ३४ करोड २० लाख ३१ हजार ७८० नगद लाभांश वितरण गर्न लागिएको हो ।