दिपेन्द्र बने म्यान अफ द सिरीज

निंगलाशैनी क्रिकेट क्लव (एनसिसि)का दिपेन्द्र बहादुर ऐरी बैतडीमा सोमवार सम्पन्न बिडीसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १८औं संस्करणमा उत्कृष्ट खेलाडी अर्थात म्यान अफ द सिरीज भएका छन् । उनले प्रतियोगिताभर व्यक्तिगत १३७ रन जोड्दै तथा १४ विकेट हात पारेका थिए ।

तस्बिर : विनोद सिंह विष्ट/रासस