साहिमाले दर्शक नचाउने

काठमाडौं । चर्चित गायिका साहिमा श्रेष्ठले राजधानीबासीलाइै नचाउने भएकी छन् । क्रिसमस डेको अवसर पारेर आगामी पुस १० काठमाडौं बिजनेश पार्क टेकुको एक लन्चबारमा आयोजना हुन लागेको ‘क्रिसमस विथ कलाकार’ कार्यक्रममा उनले आफ्ना चर्चित गीत दर्शकमाझ प्रस्तुत गर्नेछिन् ।

मसला कटेजको आयोजना रहेको कार्यक्रममा गायिका श्रेष्ठले तिम्रो डोला डोला हातमा, तिम्रो पिक्चर हिट, हेरेको हेरै, माथी माथी लगायत करिब दर्जन जति फिल्म तथा एल्बमका गीत प्रस्तुत गर्नेछिन् ।