नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, महासमिति बैठकमा बहस हुन्छ : महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले जनमतसंग्रहमार्फत देशलाई पुनः हिन्दूराष्ट्र बनाउनुपर्ने बताएका छन् ।
गणेशधाम निर्माणका लागि भरतपुरमा आयोजित धनधान्याचल महायज्ञमा विचार व्यक्त गर्दै महामन्त्री कोइरालाले जनताको मतका आधारमा देशलाई हिन्दूराष्ट्र बनाउनुपर्ने बताएका हुन् ।

यसअघि पनि मुलुक हिन्दूराष्ट्र हुनुपर्ने अभिव्यक्ति दिँदै आएका डा कोइरालाले भने, ‘मेरो चाहना नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर जबरजस्ती होइन, जनमत संग्रह गरेर घोषणा हुनुपर्छ ।’

महामन्त्री कोइरालाले धर्मको अधिकार जनतामा हुनुपर्ने विचार व्यक्त गर्दै कांग्रेसको आसन्न महासमिति बैठकमा हिन्दू धर्मबारे ठूलो बहस हुने संकेत गरे । कोइरालाले नेपाल धार्मिक स्वतन्त्र मुलुक हुनुपर्ने बताए ।