बुद्धवीरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौं । चर्चित गीतकार बुद्धवीर लामा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड अर्थात दीर्घ साधना सम्मानबाट सम्मानित हुने भएका छन् ।

अमेरिकामा आयोजना हुने ‘थर्ड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड २०१८’ मा उनलाई सो सम्मान प्रदान गर्न लागिएको हो ।

संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपालीको संस्था ‘लभ एन्ड सपोट फाउण्डेसन’ले आगामी पुस ७ गते लामालाई गीत संगीत तर्फको अवार्ड प्रदान गर्ने भएको हो ।

कार्यक्रममा फिल्म तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ भने पुराना निर्देशक बन्नी प्रधानलाई प्रदान गरिनेछ । बन्नीले तिलहरी, देउकीलगायत चलचित्र निर्देशन गरेका छन् ।

अमेरिकामा रहेका अधिकांस कलाकार तथा प्राबिधिकको सहभागिता रहने कार्यक्रममा नायक, नायिका, गीतकार, पत्रकार लगायत २५ जना सम्मानित हुने आयोजक संस्था लभ एण्ड सपोट फाउण्डेसनका अध्यक्ष मनोज राइले जानकारी दिए ।

कार्यक्रमका लागि नेपालबाट कलाकार दिनेस डिसी र गीतकार लामा सहभागी हुँदैछन् ।