‘धानै कुट्ने ढिकी’ पल र एलिजाको जमेको जोडी

काठमाडौं । ‘धानै कुट्ने ढिकी’ बोलको गीतमा मोडेल पल शाह र एलिजा गौतमले अभिनय गरेका छन ।

चर्चित गायिका विष्णु माझी र गायक पवन वलीको स्वरमा रहेको गीतको भिडियो शुक्रबार ‘पवनवली’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतका शब्द पनि गायक वलीकै हुन । शिब बिकको कोरियोग्राफी रहेको भिडियाको निर्देशन पनि विकले नै गरेका हुन ।

अर्जुन तिवारी र टिमले छायाँकन गरेको गीतको एरेन्ज तथा मिक्सिङ आशिष अविरलले गरेका हुन ।