जाग सरकार !

—कविता—

० दृष्या फूएल

मलाई आमा–बाबुले भनेको कुरा याद आउँछ
‘स्वावलम्बी बनेर जीवन आरामदायी बन्छ’

आज स्वावलम्बी त बनेँ आमा
तर यस माटोको यश राख्न सकिन
रोजगारी त पाएँ बुवा तर
सामन्तीको चाकडीमा गुलाम बन्न पुगेँ !

अठार वर्षमा पहिलो भोट
खसाल्न म कति हर्षित थिएँ
कति उत्साहित थिएँ
तर भेडाको भेषमा ब्वाँसो छुट्याउन
मैले सकिनछु आमा !

मेरै साथी अनसनमा
जीवन र मृत्युको झुलामा झुल्दैछ
उसको आसामा ओखती कसले लाउछ बुवा ?

मेरै साथी अनसनमा
जीवन र मृत्युको झुलामा झुल्दैछ
उसको आसामा ओखती कसले लाउछ बुवा ?
मेरो साथीको भौतिक शरीर भित्रको आत्मा
कसले देख्छ ए आमा !

मलाई भन
प्राणाहुती दिएर कुन सरकारको मति आउँछ बुवा !
सास रहुन्जेल आस त तेज रहनेछ भन्थ्यौ आमा
तर यहाँ त आस रहे सासको नसुल्झिएको पहेली छ
तर यहाँ त आस रहे सासको नझुल्किएको पहेली छ !