कस्तो छ तपाईँको आजको दिन (राशिफल)

मानिस कर्मले जाग्नुपर्छ । भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुपर्छ । र पनि ग्रह, गोचर र नक्षत्रहरुले मानिको भविश्यलाई कहीँ न कहीँ प्रभाव पारेको हुन्छ । के छ त तपाईँको आजको राशिफल:-

मेष
रोजगारको अवसर र राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ, तर कार्य क्षेत्रमा झमेला आउला ।

वृष
प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

मिथुन
नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

कर्कट
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

सिंह
आज भाग्योदय हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने कामको सुरुवात हुनसक्छ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

कन्या
कलहको योग छ । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक संकट आउन सक्छ । मुद्दा मामिला आइलाग्नेछ ।

तुला
विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक
घरमा अतिथि आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

धनु
छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

मकर
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

कुम्भ
मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला ।

मीन
आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । कार्य क्षेत्र या व्यावसायिक काममा सुधार आउनेछ । विद्या र बुद्धिको विकास हुनेछ ।