वेवारिसे अवस्थामा कैलालीको दरबार !

कैलालीको साविक खैराला गाविस ३ (हाल चुरे ४) मा रहेको राणाकालीन दरबार यतिबेला वेवारिसे अवस्थामा छ । विक्रम सम्बत १९८ मा सुरु गरेर १९८४ मा सम्पन्न गरेको ५३ ढोका ८३ झ्याल भएको यो दरबारमा भूमीगत तला पनि छ ।

जुन अहिले वर्षौदेखिको बाढीपानी र स्यायार सम्भार नहुँदा पुरिएको छ । खडक सम्शेर जंगबहादुर राणाले बनाएको यो दरबार तत्कालीन गाविस र श्री बस्नेत प्रावीको नाममा स्वामित्व हस्तान्तरण भएको भए पनि कतैबाट यसको स्याहार, सम्भार हुन सकेको छैन ।

दरबारको विषयमा स्थानीय एक पत्रकारले २०५५ सालदेखि उजागर गर्दै आएका छन । दरबार सुदूरपश्चिमको अस्थायी सदरमुकाम धनगढी देखि करिब ४८ किलोमिटरको दुरी उत्तर पहाडमा छ ।

यहाँ चिसो र प्राकृतिक सुन्दरता भएकाले यो स्थान पर्यटकीय क्षेत्र बन्ने निकट सम्भावना बोकेका बताइन्छ ।

तस्बिरहरुः