प्रमोदको ‘तिम्रै लागि हो भने’

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको ‘तिम्रै लागि हो भने’ नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नवराज न्यौपानेको शब्द संगीत रहेको गीतमा कर्साङ लामाको एरेन्ज छ ।

गीतको भिडियो गायक खरेलको युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । पछिल्लो समयका हिट जोडीको रुपमा रहेका अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले भिडियोमा अभिनय गरेका छन ।

भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् । निसल पौडेलको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादनमा भिडियो तयार पारिएको छ । यूवा–यूवतीको प्रेमभावलार्इ गीतमा व्यक्त गरिएको छ ।