‘लिन आउँछु भन्थ्यौ’ बजारमा

काठमाडौं । कोरोनाका कारण धेरै क्षेत्र ठप्पप्राय छन । तर पनि यो अवस्थामा मनोरञ्जनको माध्यम मानिने म्युजिक भिडियो भने सार्वजनिक हुने क्रम रोकिएको छैन । चलचित्र क्षेत्र समेत ठप्प भए पनि चलचित्रका कलाकार पनि अहिले म्युजिक भिडियोतिर देखिन थालेका छन ।

यही मेलोमा अभिनेत्री पूजा शर्मा र राज कटुवालले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । पूजा पछिल्लो समय निरन्तर म्युजिक भिडियोमा काम गरिरहेकी छिन् । ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीतमा उर्मिला लाम्गाडेको स्वर छ ।

हाल अमेरिकामा बस्दै आएकी उर्मिलाको यो पहिलो गीत हो । दिग्गज धौरालीको शब्दमा अर्जुन पोखरेलले संगीत भरेका छन् । डान्सिङ शैलीको भिडियोमा कविराज गहतराजको करियोग्राफी तथा निर्देशन छ । सौरभ लामाले खिचेको भिडियोलाई अर्जुन जीसीले सम्पादन गरेका छन् ।