साउदीमा ६० जना नेपालीको शव अलपत्र

एजेन्सी । साउदी अरबमा ६० जना नेपालीको शव अलपत्र परेको छ । साउदीस्थित नेपाली राजदूतावासका अनुसार कोरोनालगायत अन्य कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ ।

साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा भइरहेको छ । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका तीन सय नेपालीको शव नेपाल ल्याइएको छ ।