कोरानासँगै बाँच्न सिकौं

<<<ब्रेन बाइट्स>>>

० ओम बानियाँ

हामी अझ कति दिन र महिना लकडाउन तथा शटडाउन गरेर बस्ने ? वैज्ञानिकहरुले कोरोना भाइरस (सार्स कोभ २) को प्रभाव सन् २०२३ सम्म रहने (कसै कसैले त सधैँभरि रहिरहने ) अनुमान गरेका छन् ।

कोरोनाले रुप परिवर्तन गरेर फेरि महामारी फैलाउन सक्ने पनि उत्तिकै सम्भावना छ । भोलि कोरोनाको ठाउँमा अर्को भाइरसको महामारी आउन सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।

त्यसैले अब हामीले लकडाउनको स्वस्थ र भरपर्दो विकल्प नखोजी हँुदैन । लकडाउन कोरोना महामारीको स्थायी समाधान होइन । यसरी नै लकडाउनलाई नै निरन्तरता दिने हो भने देश झनै जटिल समस्याको भुमरी पर्ने पक्का छ ।

आर्थिक समस्याले मात्र होइन, राजनीतिक, समाजिक, पारिवारिक तथा रोजगारका समस्याहरुले देश नै तहसनहस हुने छ ।

तथ्य

यस पृथ्वीमा तीन लाख २० हजार भाइरसहरु छन् । तीमध्ये दुई सय १९ प्रकारका भाइरसको पहिचान भएको छ ।

यी भाइरसहरुले अहिले होइन उहिल्यैदेखि नै मानिसमाथि आक्रमण गरिरहेका छन् । मानिसको शरीरको रोगप्रतिरोध शक्ति (इम्युनिटि)का कारण नै मानिसहरु यस्ता भाइरसको बिचमा पनि बाँचेको छन् ।

० महत्वपूर्ण भाइरसको पहिचान होइन, मानिसको इम्युनिटि हो । मानिसको इम्युनिटि शक्तिशाली भए कुनै भाइरसले पनि मानिसलाई हल्लाउन पनि सक्दैनन् । यो वैज्ञानिक तथ्य हो ।

० सार्स कोभ २ को हकमा पनि यो कुरा लागू भएको छ ।० सार्स कोभ २ को हकमा पनि यो कुरा लागू भएको छ ।

कोरोना भाइरस संक्रमित ८० प्रतिशत मानिसहरुलाई कोभिड १९ ले कुनै असर गरेको देखिएको छैन ।

कतिपय यस्ता मानिसहरुलाई कोरोना संक्रमण भएको अवगत समेत छैन ।० कतिपय यस्ता मानिसहरुलाई कोरोना संक्रमण भएको अवगत समेत छैन ।

किनभने शरीरको रोगप्रतिरोधक क्षमताले स्वस्फुर्तरुपमा यस्ता भाइरसलाई खेदेर बाहिर फ्याँकिदिन्छ ।

यस प्रक्रियामा कसै कसैलाई ज्वरो आउन सक्दछ । ती मध्य कतिपय सिटामोल आदि खाएर नै निको हुन्छन् ।

यस प्रक्रियामा कसै कसैलाई ज्वरो आउन सक्दछ । ती मध्य कतिपय सिटामोल आदि खाएर नै निको हुन्छन् ।

तर, २० प्रतिशत मानिसमध्ये केही, जो दीर्घरोगहरुबाट पीडित छन्, रोगप्रतिरोधात्मक शक्ति कमी छ, उनीहरुमा नै कोभिड १९ देखा पर्दछ ।

यस्ता मानिसहरुलाई नै बढी जोखिम हुन्छ । यस्ता बिरामीहरुलाई नै सघन उपचारको आवश्यकता पर्दछ ।

यस्ता मानिसहरुलाई नै बढी जोखिम हुन्छ । यस्ता बिरामीहरुलाई नै सघन उपचारको आवश्यकता पर्दछ ।

निचोडमा भन्नु पर्दा कोरोनाको स्थायी समाधान भनेको मानिसको रोगप्रतिरोधक क्षमताको बृद्धि नै हो । त्यसैले विश्वले रोगप्रतिरोधक क्षमताको बढाउने बाटोमा अगाडि बढ्नु पर्छ ।

आयुर्वेदिक तथा प्राकृतिक चिकित्सा विशेषज्ञहरु रोगप्रतिरोधक क्षमता बढाउने अनेक शास्त्रिय तथा वैज्ञानिक विधिहरु सुझाएका छन् ।

यस सन्दर्भमा भारतको आयुश मन्त्रालय तथा नेपालको आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागले पनि विख्यात वैद्यहरुको समुहले निर्माण गरेको एक गाइडलाइन जारी गरेको छ । अतः यी सबै तथ्यहरुलाई मध्यनजर राखेर कोरोनासँगै बाँच्ने जीवनशैली यहाँ प्रस्तुत गरिएको छ ।

नाकमुखको सफाई

बिहान उठेर दिशा पिसाब गरेपछि अलिकति नुन हालेको मनतातो पानीले जलनेती गरेर नाक सफा गर्ने ।

नाकमा एक दुई थोपा अणु तेल वा तिलको तेल वा नरिवलको तेल वा घिउ हाल्ने ।

त्यसपछि आयल पुलिगं गर्ने । यसका लागि एक चम्चा तिल वा नरिवलको तेल मुखमा राखेर २, ३ मिनेट मुख वरिपरि घुमाउने र थुक्ने ।

त्यपछि नुन बेसार हालेको तातो पानीले कुल्ला गर्ने ।

गुर्जोको रस पिउने

० बिहान खाली पेटमा एक चम्चा (१० एमएल) अमलाको रस, एक चम्चा घिउकुमारीको रस तथा एक चम्चा गुर्जोको (गिलोय) रस ।० बिहान खाली पेटमा एक चम्चा (१० एमएल) अमलाको रस, एक चम्चा घिउकुमारीको रस तथा एक चम्चा गुर्जोको (गिलोय) रस ।

तीन चम्चा तातो पानीमा मिसाएर सेवन गर्ने वा तातो पानीसँग एक चम्चा अमलाको धुलो तथा काँचो बेसारको सानो टुक्रा सेवन गर्ने ।

अमला, घिउकुमारी तथा गुर्जोको रसले रक्तचाप कम गर्न सक्ने हँुदा निम्न रक्तचापका विरामीहरुले खानापछि आधा चम्चा गुर्जोको चुर्ण चिकित्सकको सल्लाह अनुसार खाने ।

योग गर्ने घाम ताप्ने

खुल्ला ठाउँमा कलिलो घाम ताप्दै कम्तिमा पनि आधा घण्टा योग, ध्यान तथा प्राणायाम गर्ने । अनि एक चम्चा च्यवनप्रास बिस्तारै बिस्तारै १० मिनेट समय लगाएर चाट्ने । मधुमेहीले चाही सुगरफ्रि च्यवनप्रास सेवन गर्ने ।

हर्बल चिया

नास्ता खाने बेलामा तुलसी पत्र, दालचिनी, मरिच, सुठो, मुनक्का आदिको काढा वा जडिबुटि चिया पिउने । स्वादका लागि आवश्यकता अनुसार मह वा गुढ तथा कागतीको रस हाल्ने । साँझ पनि यो चिया पिउने ।

तातो पानी पिउने

दिनभरि प्रशस्त मात्रामा तातो पानी पिउने । एसिटिडिको समस्या भएकाले सामान्य पानी पिउने । राती सुत्ने बेलामा ५ ग्राम जति बेसार हालेको तातो दुःध पिउने ।

शारीरिक सरसफाई

सरसफाइमा विशेष ध्यान दिने ।
भौतिक दुरी कायम राख्ने ।
भीडभाडबाट टाढा रहने, कतै जाँदा गुणस्तरीय मास्कको प्रयोग गर्ने ।
पटक पटक हात धुने र हात नधोइकन अनुहार नछुने ।
सरसफाइका साथै आहारबिहारमा विशेष ध्यान दिने ।
चुरोट, रक्सी, अत्याधिक चिसो तथा गुलियो पदार्थ, फास्टफुड्स, जंकफुड्स जस्ता औद्योगिक पदार्थ सेवन नगर्ने ।
गिलोय, तुलसी, अमला, कागती, सुन्तला, अदुवा, प्याज, बेसार तथा लहसुन आदि कुनै न कुनै रुपमा सेवन गर्ने ।
प्रशस्त मात्रामा मौसमी फलफूलहरु सेवन गर्ने ।

वैज्ञानिक अध्ययन भन्छ, यदि मानिसको शरीरको रगत प्लाज्मामा लगभग १६ एमसीएमओएल प्रति लिटर भिटामिन सी हुन्छ भने भाइरस तथा ब्याक्टेरियाले आक्रमण गर्न नसक्ने लगभग ८० प्रतिशत चान्स हुन्छ ।
गरिहाले पनि शरीरको इम्युनिटिले यस्ता भाइरसहरुलाई खेदेर शरीर बाहिर फ्याँकिदिन्छ ।

भिटामिनका स्रोत

भिटामिन सीको प्रमुख स्रोतहरु भनेको अमला, कागति, सुन्तला, मौसमी तथा अन्य अमिलो फलफुल तथा तरकारीहरु हुन् ।

अतः दैनिक दुई दाना ताजा अमला वा एक चम्चा शुद्ध अमला पाउडर सेवन गर्ने हो भने इम्युनिटि बढ्ने मात्र होइन, अनेक स्वास्थ्य लाभ प्राप्त हुन्छ ।

बृद्धबृद्धा, अशक्त तथा विरामीहरुको स्वास्थ्यलाई विशेष ध्यान दिने । उचित र सुरक्षित रेखदेखको वातावरण बनाउने ।

फ्लू जस्तै कोरोना

इन्फ्लएजा (फ्लू) को लक्षणहरु कोभिड १९ का लक्षणहरु उस्ता उस्तै हुन्छन् ।
फ्लू देखिनासाथ तातो पानीको सेवन गर्ने ।
बिहान बेलुकी मनतातो पानीमा खुट्टा डुबाएर ५, १० मिनेट राख्ने ।
सुत्ने बेलामा पैतलामा तोरीको तेलले मालिस गर्ने ।
अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्मा महसँग मिसाएर दिनको तीन पटक सेवन गर्ने । यसो गर्दा पहिलो दिनमा नै फ्लूमा राहत मिल्छ ।
साथै अदुवा र बेसार हालेर पकाएको पानीले बिहान, दिउँसो र बेलुकी दिनको तीन पटक कुल्ला (गार्गल) गर्ने ।
खोकी पनि लागेको छ, सास फेर्न गाह्रो भएको छ भने दिनको तीन पटक एक एक पिपला चुस्ने वा सितोपलादि चुर्ण वा कुनै कफ सिरप सेवन गर्ने ।

ब्यक्तिगत सरसफाईमा ध्यानदिनु नै फ्लूबाट बच्ने उतम उपाय मानिन्छ । मुखमा मास्क लगाउने । भिडभाड हुने ठाउँ जस्तैः सिनेमा हल, आमसभा, मेला आदिमा नजाने ।

रुघाबाट बच्न रुघा लागेका व्यक्तिको नजीक वा मुखामुख हुने गरी बस्नु हुँदैन । यदि बस्नु परेमा मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ । यसै गरी रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नुहुँदैन ।

आलु, बैगुन, गाजर, लौका, फर्सी, दही, आचार, चिसो, अमिलो तथा गुलियोे पदार्थहरु सेवन नगर्ने । चिसो, धुवा र धुलोबाट बच्ने । तातो पानीको प्रयोग गर्ने । नुहाउनु परेमा तोरी वा तिलको तेलले सम्पूर्ण शरीर मालिस गर्ने र मनतातो पानीले नुहाउने । सफा, सुकिलो र जाडोमा न्यानो कपडा लगाउने ।

आतंकित नबन्ने
अर्को महत्वपूर्ण कुरा अफवाह तथा हल्लाको पछि नलाग्ने । मनलाई भित्रदेखि नै बलियो बनाउने । मनबाट डर, त्रास हटाउने । विज्ञान भन्छ, डर, त्रास र आतंकको वातावरणले मानिसको मन तथा शरीरमा कुप्रभाव पार्दछ । मनमा बारम्बार डरत्रासको विचार आइरहेको खण्डमा एनजाइटि, फोबिया, पैनिक अट्याक तथा अब्सेसन कम्पल्सन जस्ता मानसिक समस्याहरु देखा पर्न सक्दछन् ।

डरत्रासले मानिसको मनमस्तिष्कमा मात्र होइन शरीरमा पनि असर गर्दछ । डरत्रासले मानिसको इम्युनिटि पनि कमजोर बनाउँछ । मानिसको इम्युनिटि कमजोर भयो भने साधारण मौसमी फ्लूले (रुघा) पनि ज्यान लिन सक्दछ ।

सकारात्मक सोच, उचित खानपान तथा योग, ध्यान तथा प्राणायामले मनलाई मजबुत बनाउन सहयोग गर्छ । यदि हामीहरुले यस किसिमको जीवनशैली अपनायौ भने कोरोनाको महामारीलाई जित्न सक्छौं ।

(लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।)