जुम्लामा डा केसीको १९ औँ सत्याग्रह

जुम्ला । सत्याग्रही डा गोविन्द केसीले राज्यको अराजकताका विरुद्ध १९औं सत्याग्रह सोमबार जुम्लाको मालपोत कार्यालय अगाडि रहेको बादिरा मस्टोको धर्मशाला अगाडि डुण्डुप गुम्पा नजिकै सुरु गरेका छन । चर्चित पर्यटकीय स्थलमा रहेको सार्वजकि स्थलमा उनको सत्याग्रह सुरु भएको छ ।

करिब पाँच महिनाभन्दा लामो समयदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका विकट पहाडी जल्लामा निमुखा जनताको स्वास्थ्य परीक्षणमा आफ्नै बलबुताले खटिएका डा केसीले विभिन्न स्वास्थ्य क्षेत्रमा रहेका अराजकता हट्नुपर्ने मागसहित दिउँसो साढे ३ बजेदेखि सत्याग्रह सुरु गरेका हुन ।

डा केसीले आफूले तीनपटकसम्म समय दिँदा पनि सरकारले माग पूरा गरेर उल्टै भएको प्रणालीसमेत भत्काउने काम गरेको भन्दै आफू पुनः सत्याग्रह गर्न विवस भएको बताएका छ ।

विभिन्न समयमा अल्टिमेटम दिँदै आएका डा केसीले पछिल्लोपटक त्रिवि शिक्षण अस्पतालको निर्देशकमा बरिष्ठता मिचेर नियुक्ति गरिएसँगै अनशन थाल्न लागेका हुन्।

सरकारले त्रिवि कार्यकारी परिषद्ले बरिष्ठता सूचीमा ४५औं नम्बरमा रहेका डा दिनेश काफ्लेलाई कार्यकारी निर्देशक नियूक्ती गरेको थियो। उननले निर्देशन नियुक्तिका सिफारिसकर्ता तथा वरिष्ठता मिचेर डिन बनाइएकी डा दिब्या सिंह शाहको नियूक्ती प्रक्रिया समेत सच्याउन माग गरेका छन ।

डा केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पठनपाठन अनुमति, दुर्गमका विभिन्न ठाउँहरुमा मेडिकल कलेज तथा अस्पताल स्थापना तथा सुधार र चिकित्सा शिक्षा ऐन संशोधनको माग गरेका छन ।