आजसम्म कोरोनाबाट देशभर ३ सय ६० को मृत्यु, आज मात्रै १५ जनाले गुमाए ज्यान

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आज १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ जनाले ज्यान गुमाएको जनाएको हो ।

यो अवधिमा मृत्यु हुनेमध्ये पाँच महिला र १० जना पुरुष छन् । योसँगै आजसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ६० पुगेको छ ।