उपत्यकामा ५०२ लाई कोरोना

काठमाडौं । काठमाडौं उपत्यकामा पाँच सय दुई जनालाई कोरोना संक्रमण भएको छ ।

२४ घन्टायता उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये काठमाडौंमा चार सय ४०, ललितपुरमा २९ जना र भक्तपुरमा ४३ जना छन ।

यसअघि आइतबार काठमाडौंमा चार सय ८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण देखिएको थियो ।