छैठौं तहका कर्मचारीलाई उपेक्षा गर्दै भिनाजु पर्नेलाई शाखा प्रमुख

रुकुमपश्चिम । त्रिबेणी गाउँपालिकामा जिम्मेवारी बाँडफाँड विवादमा परेको छ । रुकुमपश्चिमको त्रिबेणी गाउँपालिकामा छैठौं र पाँचौ तहका कर्मचारीलाई उपेक्षा गर्दै चारौँ तहका कर्मचारीलाई शाखा प्रमुखको जिम्मेवारी दिइएको हो ।

गाउँपालिका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र रावलले गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखमा चारौँ तहका भिनाजु नाता पर्ने वीरबहादुर डागीलाई शाखा प्रमुखको जिम्मेवारी दिएका हुन ।

पालिकामा छैठौं तहका चार जना, पाँचौं तहमा पाँच जना सिनियर स्वास्थ्यकर्मी कर्मचारी हुँदाहुँदै उनीहरुलाई अपमान गर्दै आफ्ना भिनाजु नातापर्ने चौथो तहका डागीलाई शाखा प्रमूखको जिम्मा दिइएको भन्दै बिरोध भएको छ ।

प्रमुख कार्यकारी अधिकृत रावलको उक्त निर्णय पूर्वाग्रही र नाताबादमा केन्द्रित भएको भन्दै काँग्रेसका एक नेताले आपत्ति जनाए । अमिल्दो उक्त निर्णयका विरुद्ध आफूहरु विरोधमा उत्रने तीं नेताले अक्षरपाटीलाई बताए ।