इटलीको कारोना प्रभावित क्षेत्रमा सात महिनापछि विद्यालय संचालन

एजेन्सी । इटलीको कोरोना अति प्रभावित क्षेत्रमा सात महिनापछि विद्यालयहरु सञ्चानल भएका छ ।

देशको कोडोग्नो क्षेत्रका बालबालिका फेब्रुअरी २१ देखि विद्यालय जान पाएका थिएनन । सोमबारीदेखि भने उनीहरु विद्यालय जान थालेका छन ।

देशको उत्तरी क्षेत्रमा पर्ने यस ठाउँमा त्यसबेलादेखि केही समय कोरोनाभाइरसको महामारी उत्कर्षमा पुगेको थियो । इटलीमा दुई महिनासम्म अति कडा लकडाउन गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए ।

यहाँका धेरै बालबालिकाले कोरोना संक्रमणबाट हजुरबुवा, हजुर आमा गुमाएका छन् । कतिपयले अन्य आफन्त पनि गुमाएका छन् ।