असोज ५ देखि आन्तरिक उडान र सार्वजनिक यातायात सञ्चालन !

काठमाडौं । मन्त्रिपरिषदको आजको बैठकले असोज ५ बाट आन्तरिक उडान र सार्वजनि यातायात संचालन गर्न दिने निर्णय गरेको छ ।

स्वास्थ्य मापदण्ड लागू गरेर आन्तरिक हवाई उडान र सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत ११ गते लकडाउन हुनुभन्दा अघिदेखि बन्द गरिएका यी दुवै सेवा संचालन गर्न दिने निर्णय भएको बालुवाटार स्रोतले बतायो ।