कहिले होला भेट ?

० लीला अनमोल

यस्तो लाग्दैछ
कि पातहरू हरिया हुनेछन
निलो उघ्रिएर आकाश
शितलताको आभाष हुनेछ

औधी फूलहरू फक्रिएर उसैगरी
सुगन्ध साट्नेछन हावासँग
एउटा छुटै परिवेश बोकेर
झुल्किनेछ कलिलो घाम बिहानीमा

आशाको उरुङखात भएर मन
भरिएको छ टम्म यतिबिग्न
कि मानौं
माहुरिले बनाएको चाका जस्तो रसिलो !
आफ्नै बसमा नहुने
आफ्नै भनिएको
यदि कुनै तेस्तो चिज छ भने
त्यो केवल मन रहेछ

म छु याहाँनेर
तर पुगिहाल्छ अगि नै तिम्रो समीप
पल पल यस्तो लागिरहेछ
रहर साटेर मुस्कान सजाउन
अब हाम्रो कहिले होला भेट ?

(विर्तामोड, झापा)