गण्डकी प्रदेशमा तीन हजारभन्दा बढी संक्रमित, आज थपिए ४७ जना

गण्डकी । गण्डकी प्रदेशमा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय १२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २०, स्याङ्जामा १२, तनहुँमा नौ, कास्कीमा तीन, गोरखा, लम्जुङ र मनाङका एक एकजना रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सात सय १८ जनाको पिसिआर परीक्षण गरिएको थियो । तीं ४८ जनामा कोरोना पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये ६ सय २६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । एकको मृत्यु भएको छ ।