असोज १ बाट आन्तरिक उडान र लामो दूरीका यातायात चल्ने

काठमाडौं । दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गए पनि सरकारले भने असोज १ देखि नै आन्तरिक हवाई उडान र लामो दुरीका यातायात चल्न दिने निर्णय गरेको छ ।

चैत ११ गतेदेखि बन्द हवाई उडान र लामो दूरीका यातायात असोज ५ देखि चल्न दिने भन्दै हिँजो मन्त्रिपरिषद्मा सहभागी मन्त्रीलाई हवाला दिँदै मिडियाहरुले लेखे पनि सरकारका नवनियुक्त प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भने असोज १ देखि नै आन्तरिक उडान र लामो दुरीका यातायात संचालनको निर्णय भएको सुनाए ।

उनका अनुसार यसरी लामो दूरीका यातायात सञ्चालन गर्दा ५० प्रतिशतसम्म बढी भाडा लिएर यात्रु बोक्न पाइने छ भने एक लाइनमा ए जना मात्रै यात्रु गरेर ५० प्रतिशत मात्रै यात्रु बोक्न पाइन्े छ ।

हवाइजहाजको भाडा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोक्ने जनाइएको छ । आन्तरिक हवाइजहाज र लामो दूरीका यातायातका साधनले स्वास्थ्यका मापदण्ड पूरा गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउने प्रवक्ता ज्ञवालीले बताए ।

ुस्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखेर हामीले लामो समयसम्म आवगमन रोक्यौँ । अनन्तकालसम्म आवागन रोक्न सकिँदैनथ्योु, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ुत्यही भएर हवाई र लामो दूरीका यातायातका साधनलाई निश्चित मापदण्ड लागु गरेर खुला गरेका छौँ ।ु

लामो समयसम्म हवाइजहाज र लामो दूरीका यातायात सञ्चालन नहुँदा यात्रु र सञ्चालकलाई समेत कठिनाइ परेकाले सञ्चालन गर्न थालिएको उनले बताए ।
तर हवाई सेवा सञ्चालक भने सरकारले एकाएक गरेको निर्णय र आधा सिट क्षमता बराबर यात्रु बोकेर सेवा संचालन गर्न नसकिने बताउन थालेका छन ।

सिटमा एक जना मात्र राख्ने पाइने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने तथा सेनिटाइजर र भौतिक दूरी कायम राखेर हवाई र लामो दूरीका यातायात सञ्चालन गर्न पाइने सरकारको मापदण्ड छ ।

सवारी चालक र सहचालकले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनाका साथै सवारी साधनले दैनिक निर्मलीकरण गर्नुपर्नेछ ।

लामो दूरीका यातायातका लागि भौतिक तथा पूर्वाधार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप मापदण्ड बनाउन सक्ने निर्णय सरकारले गरेको छ । तर अवस्था खराब भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयले रोक लगाउन सक्ने पनि सरकारले जनाएको छ ।

यातायात व्यवस्था विभाग र ट्राफिक कार्यालयले अनुगमन गर्ने जनाइएको छ । लामो सयमदेखि हवाई उडान बन्द भएको कारणले हवाई संचालक अप्ठयारो परेकोले संचालन गर्न अनुमति दिइएको उनले बताए पनि आधा सिट क्षमतामा यात्रु बोक्दा डबल भाडा लिनुपर्ने र त्यसो गर्दा हवाई यात्रा गर्ने यात्रु नपाइने हवाई सेवा संचालकहरुको भनाइ छ ।