काठमाडौं र आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार विहान ५ बजेर १९ मिनेट जाँदा धक्का महसुस भएको हो । भूकम्पको धक्का महसुस भएपछि राजधानीका अधिकांश बासिन्दा होहल्ला गर्दै बाहिर निस्किएका थिए ।

त्यस्तै सामाजिक संजालमा धक्का चितवन, बिराटनगर, काभ्रे, नुवाकोटलगायतका जिल्लामा महसुस भएको सामाजिक सञ्जल प्रयोगकर्ताले लेखेका छन ।

काठमाडौंबाट ६३ किलोमिटर उत्तरपूर्व केन्द्रबिन्दु बनाएर ४.९ म्याग्‍निच्युडको भूकम्प गएको युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।