गजल

० धर्मानन्द भट्ट

छुट्टिए उनी त्यसरी नै मन अमिलो पारेर
जसरी भेट्टिएका थिए, तन सजिलो पारेर

समय बलवान हुन्छ विश्वास भयो मलाई,
भेट्टिँदाको उमंग छुट्टियौ, थिल्थिलो पारेर

जून एकान्त र एक्लो भएपछि पुग्दो रहेछ,
स्मृतिमै पो थियो अंगाले कसिलो पारेर

उज्यालो भयो ब्युझिएँ गए सबै ती यादहरू
बिहानीको सुरुवात भयो, मन धमिलो पारेर

सूर्यको जस्तै जोगाइ राखे आशाका किरण,
आउने छ समयले जगत चम्किलो पारेर