२३ वर्षपछि एक शिक्षकको विदाई

कैलाली । आज पनि कैलालीको हुम्ला भनेर चिनिने साविक खैराला गाविसको एक विद्यालयमा कार्यरत शिक्षकको भव्य विदाई भएको छ ।
विगत २३ बर्षदेखि वस्नेत प्रावि (हाल निमावि) विद्यालयमा प्रधानाध्यापकको पदमा कार्यरत शिक्षक रतन सिंहबमको विदाई गरिएको हो ।

उनले स्वेच्छिक राजिनामा दिएपछि विद्यालय व्यवस्थापन समिति, स्थानीय अभिभावक र विद्यार्थीले भव्य कार्यक्रम गरी विदाई गरेका हुन् ।

विदाई समारोहमा समारोह नव प्रधानाध्यापकका रुपमा केदारेश्वर मावि खैरालाबाट सरुवा भएर आएका शिक्षक नरहरिप्रसाद उपाध्यायलाई स्वागत गरिएको थियो । विदाई समारोहमा वडापालिकाका अध्यक्षलगायतको सहभागिता थियो ।

नृत्य, गायन कार्यक्रसहित गरिएको विदाइ तथा स्वागत कार्यक्रममा वडापालिकाका अध्यक्ष प्रमुख अतिथि कृष्णबहादुर मल्ल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश देउवाले, पूर्व प्राध्यापक तपराज भट्टलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संचालन विद्यालयका शिक्षक झलक उपाध्यायले गरेका थिए ।

कार्यक्रमपछि वस्नेत प्राविमा करिब तीन दशकदेखि कार्यरत शिक्षक नाराणदत्त योगीले भावुक स्टाटससहित तस्बिर सार्वजनिक गरेका छन् । उनले तस्बिरसँगै स्टाटस लेखेका छन् :
कभी जुडे हुएथे दोनो हम
आज बिछुडे होगए हम  !!