कोरोनबाट थप १० जनासहित ४७७ जनाको निधन

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आज थप १० जनाको मृत्यु पुष्टि भएको छ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा एक महिला र नौ पुरुष छन्।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय ७७ पुगेको छ।