झापामा एक जना कोरोना संक्रमितको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका १ का ५१ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ३ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएका उनको आज दिउँसो मृत्यु भएको हो।

मृतक सुनचाँदी व्यवसायी भएको बताइएको छ। उनमा असोज ६ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो।

अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएका उनमा मधुमेह, उच्च रक्तचाप र कलेजोसम्बन्धी समस्या देखिएको थियो। योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ।